Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाराबाट गाँजासहित दुई जना पक्राउ

बारा । बाराबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङ छन् ।

बुधवार बिहान पौने २ मा पथलैया चोकमा उनीहरु सवार मोटरसाइकल चेकजाँच गर्दा ९ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आरोपीहरु बागमती प्रदेश–०२–०२९ प १६०९ नम्बरको मोटरसाइकलमा सवार थिए ।

उनीहरुको साथबाट प्रहरीले साढे ४ किलो दरका दुईवटा गाँजाको प्याकेट बरामद गरेको हो । आरोपीहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077