Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोखरामा पर्यटकलाई नशालु पदार्थ सेवन गराउने १० जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरास्थित लेकसाइडमा डुल्ने पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले नशालु पदार्थ सेवन गराउन खोज्नेहरूलाई पक्राउ गरेको हो । उनीहरूले पोखरा महानगरपालिका–६ लेकसाइडमा स्वदेशी र विदेशी पर्यटकलाई बाटोमा नशालु पदार्थ सेवन गन दबाब दिने र नमाने हैरान पार्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पुस २ गते वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लेकसाइडको बिजिवी गल्लीमा समूह बनाई नशालु पदार्थ सेवन गरी होहल्ला गर्दै हिँडिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको थियो।

पोखरा महानगरपालिका–१६ दीप बस्ने २० वर्षीय डिलन श्रीष मगर, कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ बस्ने वर्षीय सन्देश बि।क।, लेकसाइडकै ठाडो पसल बस्ने ३० वर्षीय सुरेश थापा, पोखराकै जरेवरमा बस्दै आएका २९ वर्षीय महेन्द्र भण्डारी र गोरखाको भिमसेन गाउँपालिका–८ बस्ने ३२ वर्षीय सुरेश थापा रहेका छन्। ड्यूटीमा खटिएका प्रहरी कर्मचारीलाई नै अपशब्द प्रयोग गरी विवाद गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

यस्तै पुस ३ गते बिहान लेकसाईडमा मादक पदार्थ सेवन गरी ‘मर्निङ वाक’ मा हिँडिरहेका महिलालाई अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको अवस्थामा एक जना पक्राउ परेका छन्। स्थानीयवासीले सम्झाउँदा हातपात गरी घाइते बनाएका बागलुङको बागलुङ नगरपालिका–१२ घर भई हाल लेकसाइडमा नै बस्दै आएका २७ वर्षीय डेविड भन्ने डिल्लीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

यस्तै पुस २ गते राती मादक पदार्थ सेवन गरी लेकसाइडमा होहल्ला गरी अशान्ति फैलाउने बागलुङको काठेखोला गाउँपालिका–५ घर भई पोखरा–५ मालेपाटन बस्ने २६ वर्षीय विक्रम थापा, स्याङ्जाको गल्याङ नगरपालिका–१ घर भई हाल पोखरा–१४ काजीपोखरीमा बस्दै आएका ३१ वर्षीय आशिष थापा पक्राउ परेका छन्।

सोही दिन साँझ पोखरा–९ चाइनापुल स्थित शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा सोधपुछ गर्दा प्रहरीलाई नै अपशब्द प्रयोग गर्ने पोखरा–१४ बस्ने ३२ वर्षीय शिवबहादुर कार्की र पोखरा–९ बस्ने २७ वर्षीय शङ्कर भुजेल पनि पक्राउ परेका छन्।

पक्राउ परेका सबै जनालाई छुट्टाछुट्टै अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलोपटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077