Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साउदी अरब पठाइदिन्छु भन्दै ठगी, म्यानपावर सञ्चालकसहित दुईजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने बहानामा ठगी गरेको आरोपमा म्यानपावर कम्पनीका सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक वर्ष ४२ को लक्ष्मण विश्वासहित दुई जना रहेका छन् ।

नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका ९ घर भइ हाल काठमाडौं बस्ने लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफि मल्ललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले ओम बाबु साहलाई वैदेशिक रोजगारीको लागि साउदी अरब पठाइदिन्छु त्यसको लागि १ लाख २५ हजार रुपैयाँ लाग्छ, साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ४० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी एक लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंसीर २२ गते काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरुविरुद्ध थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077