Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • मालीमा तैनाथ नेपाली शान्ति सैनिक स्वदेश फिर्ता

    मालीमा तैनाथ नेपाली शान्ति सैनिक स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ रहेको ईओडि गुल्म (शा.से) नवौं डफ्फाका ५९ जना नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् ।

    सेनानी प्रज्वल थापाको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा टोली सोमबार स्वदेश फिर्ता भएको हो ।



    संयुक्त राष्ट्रसंघले मालीमा रहेको शान्ति मिसन बन्द गर्ने निर्णय गरेसँगै उक्त मिसनमा तैनाथ ई.ओ.डि. गुल्मका १५६ एवं स्टाफ अधिकृत र सैनिक पर्यवेक्षक १२ समेत १६८ जना नेपाली शान्ति सैनिकहरू मध्ये ९३ जना यस अगावै स्वदेश फिर्ता भइसकेका छन् ।



    उक्त मिसनमा बाँकी १६ जना नेपाली शान्ति सैनिकहरू पनि छिट्टै स्वदेश फिर्ता हुने क्रममा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार