काठमाडौँ । मलेसियामा नेपालीको हत्या गरेर नेपाल फर्किएका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका २४ वर्षीय अनिल कुमार शाह रहेका छन् ।
मंसिर २५ मा मलेसियामा उनले झापाको शिवसताक्षी नगरपालिका–३ घर भएका ४० वर्षीय धन बहादुर प्रधानको हत्या गरेका आरोप छ । प्रधान र आरोपी एक वर्षदेखि मलेसियामा एउटै कम्पनीमा कार्यरत थिए ।
मलेसियामै कार्यरत मृतकका आफन्तले दिएको सूचनाको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीले इन्टरपोल मार्फत मलेसियन प्रहरीसँग समन्वय गरेर अनुसन्धान थालेको छ । उनलाई जिल्ला अदालत काठमाडौँले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
Leave a Reply