Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुल जाने सडक अन्तरगत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्कोलाई ओभरट्याक गर्दा दुवै ट्याक्टर दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टरले एक अर्कोलाई ओभरटेक गर्दा एउटा ट्याक्टर खोलामा खसेको थियो भने अर्को ट्याक्टर सडकको भित्तामा दुर्घटना ग्रस्त भएको छ ।

सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खसेको छ । उक्त ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गौमुल गाउँपालिका-६ का चालकसमेत रहेका हिक्मत रोकाया, बडिमालिका नगरपालिका-१ का चन्द्र बहादुर दानी, बडिमालिका नगरपालिका-२ का देवराज जैशी र सोही वडाकी करिस्मा रोकाया रहेका छन् ।

यस्तै अर्को लु ३ त ७३०५ नम्बरको ट्याक्टर पनि दुर्घटना भएर भित्तामा बजारिएको छ । हाल प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077