Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यातायात बन्द गर्न खोज्ने पाँचजना पहिचानवादी पक्षधर धरानबाट पक्राउ

विराटनगर । सडक बन्द गर्न खोज्ने ५ जनालाई सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको छ ।

एमालेको सङ्कल्प यात्रालाई अवरोध गर्ने क्रममा कोशी प्रदेशबाट पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै सडक बन्द गर्न खोज्ने पहिचानवादी पक्षधरहरु पक्राउ परेका हुन् ।

सडक अवरुद्ध गर्न खोजेको आरोपमा सुमन चेम्जोङ, करुण राई, शम्भु राई पृथक्, सिताराम राई र हरि बान्तवालाई पक्राउ गरिएको प्रदेश नम्बर १ पुन नामकरण सङ्घर्ष समितिले जनाएको छ ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी नेता तथा कार्यकर्ता, बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गते सम्म कोशी प्रदेशमा यातायात बन्दको आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077