Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली रक्षामन्त्री भन्छन् - गाजा क्षेत्रमा अझै केही महिना युद्ध चल्नेछ

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा अझै केही महिना युद्ध चल्ने जनाएको छ ।

इजरायलका रक्षामन्त्री योभ ग्यालान्टले एक अमेरिकी शीर्ष अधिकारीलाई गाजामा हमाससँगको लडाइँ अझ केही महिना चल्ने बताएका हुन् ।

इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई भेट्ने क्रममा रक्षामन्त्री ग्यालान्टले युद्ध केही समय चल्ने र त्यसमा विजय प्राप्त हुने दाबी गर्नु भएको खबरमा उल्लेख छ ।

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमास विरुद्धको आफ्नो लडाइँलाई कसैले पनि रोक्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077