Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व गृहमन्त्री खाँण आज रिहा नहुने

काठमाडौं । उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बिहीबार रिहा नहुने भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेता खाँण धरौटी बुझाउने प्रक्रियामा समय लाग्ने हुँदा आज नछुट्ने भएका हुन् ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको अवस्थाको अभाव देखिएको भन्दै ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर धरौटी बुझाउने प्रक्रियामा समय लाग्ने हुँदा खाण आज नछुट्ने बताइएको छ । काठमाडौँ जिल्ला अदालतले कांग्रेस नेता खाँणलाई गत असार १ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077