Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वगृहमन्त्री खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो ।

न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएका हुन् । खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिँदा खाणबारे निर्णय हुन सकेको थिएन।

न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाँणलाई धरौटीमा छाड्न आदेश दिएका हुन्।

खरेलले खाँणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए। यता पाण्डेले भने ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए।

दुई न्यायाधीशबीच राय बाझिएकाले बिहीबार अर्को इजलासले यसबारे निर्णय गरेको हो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077