काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर-गगन समूहमा कुनै फाटो नआएको दावी गरेका छन् ।
बुधवार काठमाडौंमा बसेको कांग्रेस नेता डा. शेखर कोइराला गुटको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो दावी गरेका हुन् ।
उनले आफूहरु लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताए ।
यता सांसद सुनलि शर्माले भने उक्त समूहमा फाटो आएको बताएका छन् । शेखर(गगन समूहमा पनि केही समस्या आएको उनको दाबी छ ।
Leave a Reply