Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । काठमाडौं मल अगाडि माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

बौद्ध–जोरपाटी रुटमा चल्ने बा१ज ६११८ नम्बरको माइक्रो बसले उनीहरूलाई ठक्कर दिएको हो ।

सो अनियन्त्रित माइक्रो बसले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु घाइते भएका हुन ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटना लगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077