Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई धक्का, राप्रपा कार्यालय नभत्काउन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउन नमिल्ने फैसला सुनाएको छ । हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको इजलासले सो फैसला गरेको हो ।

कल्याणी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ६१४ को जग्गा र प्रभात चापागाईँको नाममा भएको कित्ता नम्बर ७०७ मा भएको जग्गामा बनेको सो भवन नभत्काउने फैसला सुनाइएको छ ।

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत भवन बनेको भन्दै डोजर लगाएर भत्काउने तयारी गरेको थियो । त्यसका विरुद्ध राप्रपाले अदालतमा मुद्दा हालेको थियो । अदालतले भदौको पहिलो साता भवन नभत्काउन अन्तरिम आदेश गरेको थियो ।

गत साउनमा काठमाडौंका मेयर बालेन्द्र साहले हाइटेन्सन तारमुनि बनेको राप्रपाको भवन भत्काउन आदेश दिएका थिए । तर, प्रहरी प्रशासनले साथ नदिएपछि महानगरको टोलि फिर्ता भएको थियो ।

यस्तै उच्च अदालतले प्रक्रिया पूरा गरेर आएको अवस्थामा नक्सा पास गर्न पनि महानगरलाई आदेश गरेको बताइएको छ । उच्च अदालतको यो निर्णयले बालेनलाई पुनः धक्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077