Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिम्रौनगढमा प्रहरीको गोली लागेका घाइते युवकको मृत्यु

बारा । बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएकी लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमाथि जाइलागेका आन्दोलनकारीले उनी सवार गाडीमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरुमा अश्रु ग्यास प्रहार गरेको थियो ।

स्थिति अझै तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गर्दा एक जना गम्भीर घाइते भएका थिए ।

नगर प्रमुख किशोरी साहको गाडीमा चढेर आएका मिश्रलाई हाजिर गराउन खोज्दा कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077