Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बत्तिसपुतलीमा कांग्रेस संस्थापन इतर समूहको भेला सुरू

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ ।

बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा इतर समूहका नेता कोइरालाले बोलाएको बैठक सुरु भएको हो।

भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी छन् ।

यो भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुनेछ । यसअघि लामो समयदेखि यो समूहको यस प्रकृतिको भेला हुन सकेको थिएन ।

गत वर्षको माघमा पनि संस्थापनइतर समूहले यस्तै भेला आयोजना गरेको थियो ।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु अर्जुननसिंह केसी, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत कोइराला गुटबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरु उपस्थित छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077