उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समग्र आर्थिक विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक भएको बताएका छन् ।
‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को क्रममा मङ्गलबार उदयपुर र ओखलढुङ्गा जिल्लाको सीमा क्षेत्र हर्कपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमाले सरकारमा हुँदा जनताका दैनिक जनजीवकाका विषयसँगै मुलुकको समग्र विकास निर्माण घाम लागेजस्तो उज्यालो हुने र सरकारबाट हटेपछि झ्याप्प बत्ती निभेको जस्तो चारैतिर जनमानसमा अँध्यारोको सन्नाटा छाएको जस्तो अनुभूति हुने गरेको बताए ।
यस्तै अध्यक्ष ओलीले एमालेसँग जोरी नखोज्न पहिचान पक्षधरलाई अनुरोध गर्दै सरकारको नेतृत्वमा बसेकाले नै जातीय सद्भाव भड्काउन खोजेको आरोप लगाए ।