Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने पूर्वमन्त्री किरातीसहित १० जना पक्राउ

खोटाङ । नेकपा एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानका १० जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले खोटाङ र भोजपुरबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किरातीसमेत रहेका छन् ।

किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जनाएको छ । नेकपा एमालेको झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आजबाट कोशी प्रदेश प्रवेश गर्दैछ ।

कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा केहीबेरमा हुदैछ । यसैबिच एमाले कार्यक्रम विथोल्न सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको छ ।

कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षले आह्वान गरेको बन्दका बाबजुद नेकपा एमालेको संकल्प यात्राको टोली कोशी प्रदेशतिर आइरहेको छ। अबको केहीबेरमै अध्यक्ष केपी ओलीसहितको टिम उदयपुर आइपुग्ने एमाले कोशीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077