Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको मनोबल र आत्मविश्वास बढ्यो, जनताको समर्थन छ : केपी ओली

दोलखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आज दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताए ।

गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वाद प्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरिपूर्ण रहेको ओलीको भनाइ थियो ।

एमालेको यात्रामा बालबालिका प्रयोग भएको भनि गरिएको प्रचारको ओलीले आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077