Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जम्मु कश्मिरको विशेष दर्जा हटाउने मोदीको निर्णय अदालतबाट वैध ठहर

एजेन्सी। भारतको सर्वोच्च अदालतले संविधानको धारा ३७० हटाउने सरकारको निर्णयलाई वैध ठहर गरेको छ ।

अदालतले जम्मु कश्मिरबाट लद्दाखलाई अलग गर्ने नरेन्द्र मोदी सरकारको निर्णय र संविधानको धारा ३७० खारेजीलाई वैधानिकता दिएको हो ।

सर्वोच्च अदालतको यो फैसला यस्तो समयमा आएको छ कि, मोदी दोस्रोपटक सत्तामा आएलगत्तै गरिएको निर्णयलाई मोदीको तेस्रोपटक सत्तामा आउने घोषणासहित चुनाव हुने ६ महिनाअघि उनको निर्णयले वैधता पाएको छ ।

संविधानको धारा ३७० हटाउने निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाइ गर्दै मुख्य न्यायाधीश डिवाइ चन्द्रमुडले यस्तो फैसला सोमबार सुनाएको हुन् । अब लद्दाख केन्द्र मातहतको प्रशासनिक क्षेत्र बनेको छ ।

जम्मु कश्मिरबाट लद्दाख हटाउने निर्णय हिन्दू राष्ट्रवादीले स्वागत गरेका थिए भने अन्यले विरोध गरेका थिए । अदालतले जम्मु कश्मीरसँग भारतको अन्य राज्यभन्दा फरक आन्तरिक सम्प्रभुता नरहेको समेत सुनाएको छ ।

राज्यको युद्धको अवस्थामा जम्मु कश्मीरलाई स्वायत्तता दिनेगरी संविधानको धारा ३७० बनाइए पनि त्यो अस्थायी रहेको र अब भारतको अभिन्न अंग बन्नेबाहेक कश्मीरसँग अरु अधिकार नरहेको अदालतको फैसला छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077