Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेलम्ची पुगेर ओलीको दाबी - एमालेको सरकारले मेलम्चीको पानी काठमाडौँमा पुर्‍याएको हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको सरकार भएकाले मेलम्चीको पानी काठमाडौँमा आएको बताएका छन् ।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि संकल्प यात्राको क्रममा आइतवार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको पनि तीव्र आलोचना गरे ।

उनले मुहान सफा गरेर वा अन्यत्र सारेर भए पनि सरकारले काठमाडौँवासीका लागि उक्त पानीको व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने बताए । आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौँमा पुग्ने अवस्था नै नहुने दाबी गरे।

अध्यक्ष ओलीले जनतालाई निरास नहुन पनि आग्रह गरे। एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निरास हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077