Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैंकहरु विकासको सहयोगी हुनुपर्छ : केपी ओली

नुवाकोट। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऋण लिएर गरेको व्यवसाय संकटमा परेका बेला बैंकहरुले ऋणीलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

पार्टीको मध्यपहाडी लोकमार्ग यात्राका क्रममा नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले बैंकहरु निर्मम साहुजी र मिटरब्याजीजस्तो हुन नहुने बताए।

अध्यक्ष ओलीले भने,‘अहिलेको अवस्थामा ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ ।

रिस्टक्चरिङ गर्नुपर्छ । अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अफ्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ । कहिले कहिले व्यवसाय डुब्न लाग्यो भने सहायता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ ।’

अध्यक्ष ओलीले वचतकर्ताले बैंकमा जम्मा पारेको रकम कसैले ऋण लिइदिए मात्र बैंक चल्न सक्ने बताए ।

अध्यक्ष ओलीले बैंकहरुले ऋणीको महत्व बुझ्नुपर्ने बताए । एमाले अध्यक्ष ओलीले बैंकहरुले आफुखुशी ऋणको ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077