Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीमा दिपक मनाङेलाई मन्त्री नबनाएको भन्दै माधवको असन्तुष्टि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दीपक मनाङेलाई मन्त्री बनाउन आलटाल गरेको आरोप लगाएका छन् ।

शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आफ्ना प्रदेशसभा सदस्य मनाङेलाई मन्त्री नबनाएको भन्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको आलोचना गरेका हुन् ।

उनले आफ्ना सांसदलाई मन्त्री बनाउने गठबन्धनभित्र सहमति भए पनि सरकारमा नलगिएको विषयलाई नेता नेपालले पुनः स्मरण गराए । “सहमतिको कार्यान्वयनको सिलसिलामा गण्डकीमा एउटा सहमतिको कार्यान्वयन भयो, नीति योजना आयोगमा । अर्को सहमति मन्त्रिमण्डलमा सामेल गर्ने कुरा त्यो भएको छैन,” उनले भने, “नीतिगत रूपमा हुन्छ भन्ने कुरा भएको छ ।

व्यावहारिक रूपमा यहाँका मुख्यमन्त्रीजीले आलटाल गर्दै हुनुहुन्छ ।” सत्ता गठबन्धनको शीर्ष तहमा सातवटै प्रदेश सरकारमा आफ्नो पार्टीको सहभागिता हुने सहमति रहेको भन्दै उनले गण्डकीमा मात्र सहमति पालना नभएको भन्दै असन्तुष्टि पोखे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077