गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा आउला कि भनेर सबै आत्तिएको बताएका छन् ।
मध्य पहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा गोरखा पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
अध्यक्ष ओलीले भने,‘लोकतन्त्रमा प्रतिस्पर्धाको प्रणाली छानेरै ल्याएको हौँ, प्रतिस्पर्धा स्वच्छ हुनपर्छ, प्रतिस्पर्धा कामबाट देखाउन पर्यो । यहाँ त काम गर्यो भने, नाकाबन्दीसँग डटेर सामान गर्यो भने, उत्तरतिरको छिमकीसँग यातायात, पारवहन सम्झौता गर्यो भने, विकासको गतिलाई अघि बढायो भने सबै मिलेर सरकारबाट हटाउँछन्, सबैलाई आतंकको विषय के छ भने एमाले सरकारमा आउला, किन आतंक छ भने पहिलेको अनुभव छँदै छ त्योभन्दा बढी जोडले काम गर्दछ, अहिलेभन्दा बढी जोडले काम गर्छ ।’
अध्यक्ष ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा स्वच्छ हुनुपर्ने बताए। कालापानी, लिम्पियाधुरा, र लिपुलेकका बारेमा सरकारले उच्चस्तरीय वार्तामा उठाउन नसकेको पनि अध्यक्ष ओलीको आरोप छ ।
वर्तमान सत्ता गठबन्धनलाई ‘चीनको सहयोग लिए अर्को छिमेकी रिसाउँछन्’ भन्ने भय रहेको ओलीको आरोप छ ।