Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशका स्वास्थ्य संस्थामा ९२ हजार जनशक्ति आवश्यक छ : स्वास्थ्यमन्त्री

काभ्रे । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताएका छन्। 

काभ्रेको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञको सम्मेलनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बस्नेतले देशभरका स्वास्थ्य संस्थामा सहज सेवा प्रवाहको लागि ९२ हजार जनशक्ति आवश्यक पर्ने बताएका छन ।

स्वास्थ्य सेवा सबैमा पु¥याउन दक्ष जनशक्ति, सुविधासम्पन्न भवन र उपकरणको परिपूर्ति गर्न आफू क्रियाशील रहेको भन्दै बस्नतेले सीमित स्रोतसाधनले अधिक काम गर्नुपर्ने अवस्था रहेको बताए। मन्त्रालयको बजेट  कटौतीका कारण त्यस्तो अवस्था आएको उनको भनाइ थियो।

बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक प्राडा सगुन जोशी, अस्पतालका संरक्षक हिरोको मासुनागा, सञ्चालक समितिका अध्यक्ष मधु आचार्यले सन् २००७ मा साप्ताहिक क्लिनिकको रुपमा बनेपा बजारबाट सुरु गरेको सेवा अहिले काभ्रे जिल्लासँगै सिन्धुपाल्चोक, धनुषालायत क्षेत्रमा विस्तार भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077