Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोखराको लेकसाइडमा फोटो खिच्नेबाट अवैध पैसा असुली, वडा सदस्यसहित ४ जना पक्राउ

पोखरा । फेवा ताल घुम्न जानेहरुको फोटो खिचेवापत अवैध असुली गरी ठगी गरेको आरोपमा वडा सदस्यसहित चारजना पक्राउ परेका छन् ।

कास्की प्रहरीले पोखरा महानगरपालिका-६ का सदस्य विकास पहारीसहित लेकसाइडका प्रवीण विश्वकर्मा, अभिषेक बराल र दीपेन्द्र पहारीलाई शुक्रबार पक्राउ गरेको हो ।

फुटट्र्याकमा फोटो खिचेवापत मिलन पहारी समेतले विभिन्न किसिमबाट धम्काई प्रतिव्यक्ति १३ हजार ५ सयका दरले लिएर ठगी गरेको भन्ने १५ जनाको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा दिन १० म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077