Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विमानस्थलबाट १४ किलो सुन बरामद प्रकरण : थप एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट गएराति बरामद गरिएको १४ किलो सुन ल्याउन लगाउने थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिन घले रहेका छन् । प्रहरीले उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको थियो ।
भन्सार कार्यालयको टोलीले गए राति फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको हो ।

घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाइ ल्याएको ७ थान बिस्कुट आकारको १४ किलो सुन (सुनजस्तो देखिने पहेलो धातु) बराम गरिएको थियो ।

पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन २०१३ र भन्सार ऐन २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरी प्रभाग कोटेश्वरको जिम्मा लगाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077