Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापाको आह्वान - एनसेलको खरिद–बिक्रीमा अनियमिता देखियो, सशक्त खबरदारी गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको खरिद–बिक्रीमा सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमै अनियमिता देखिएको भन्दै सशक्त खबरदारी गर्न आह्वान गरेका छन् ।

सामाजिक संजालमार्फत विज्ञप्ति सार्वजनिक गरेका महामन्त्री थापाले सरकारले छानबिन समिति बनाउँदैमा नपुग्ने बताए ।

“एनसेल प्रकरणः समिति बन्यो ठिक हुन्छ भन्ने अवस्था छैन, सशक्त खबरदारी आवश्यक छ,” महामन्त्री थापाले लेखेका छन्, “एनसेलको खरिद–बिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठूलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिन्छ ।”

उनले विभिन्न तहबाट एनसेल प्रकरणमा प्रश्न उठिसकेको भन्दै संसदीय समितिले पनि समग्र अनुसन्धान पुरा नहुन्जेल शेयर बिक्रीको प्रक्रिया रोक्न निर्देशन दिइसकेका उल्लेख गरेका छन् । कानुनको छित्र प्रयोग गरिएको पाइएको भन्दै प्रशासनिक वा राजनीतिक नेतृत्वको सहयोगकै कारण यस्तो कदम चालिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077