Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर किनेको कम्पनी प्रतिस्पर्धाबाटै छानिएको हो : एनसेल

काठमाडौं । एनसेलले आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेड प्रतिस्पर्धाबाट छानेको बताएको छ।

एनसेलले एक विज्ञप्ति जारी गर्दै ८० प्रतिशत शेयर प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएर स्पेक्ट्रलाइट युके लिमिटेड छानिएको जनाएको हो।

साथै कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा कानुनको पालना गर्ने पनि एनसेलले जनाएको छ । आजियाटाले सतिशलाल आचार्यलाई एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको थियो ।

अपारदर्शी, शंकास्पद र कर छली गर्ने उद्देश्य अनुरसार सेयर खरिदबिक्री भएको भन्दै त्यसलाई रोकेर छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले बुधबार निर्देशन दिएको थियो।

एनसेलले भने आजियाटाले पारदर्शिता सुनिश्चित गरिएको दाबी गरेको छ । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र बिक्रेता मार्फत् निर्धारण गरिएको पनि विज्ञप्तिमा लेखिएको छ ।

एनसेलका अनुसार सहमति भएको सम्झौता ढाँचा अनुसार आजियाटाले बेस पेमेन्ट बाहेक सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँटको रुपमा प्राप्त गर्ने छ ।

यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको भन्दै एनसेलले त्यो कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधीभित्र प्राप्त गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077