Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनका विशेष सहायक लाउबाचरबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनका विशेष सहायक लाउबाचरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 750
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‌की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचरले बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।



    भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    दक्षिण एसिया क्षेत्र हेर्ने अमेरिकी अधिकारी लाउबाचर एयर इन्डियाको उडानबाट बुधबार बिहान काठमाडौँ आइपुगेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार