Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थ समितिको निर्देशन - एनसेल खरिद-बिक्रीबारे १५ दिनभित्र जानकारी पेस गर्नू

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले एनसेलको सेयर स्वामित्व खरिद बिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेस गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एनसेल खरिद बिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखितरूपमा पेस गर्न निर्देशन दिएको हो ।

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले सेयर खरिद बिक्रीसम्बन्धी विषयमा समितिलाई जानकारी गराएका थिए । छलफलपछि यस विषयमा समग्र कागजात मगाउने निर्णय गरिएको छ ।

मलेसियन कम्पनी आजियटाले गत शुक्रबार एनसेलको ८० प्रतिशत सेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि विवाद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077