Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • एनसेलको सेयर खरिद–बिक्री प्रकरणको छानबिन गर्दै प्राधिकरण

    एनसेलको सेयर खरिद–बिक्री प्रकरणको छानबिन गर्दै प्राधिकरण

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 606
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन हुने जनाएको छ ।

    बुधबार अर्थ समितिको बैठकमा बोल्‍दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सो कुरा बताएका हुन् । अध्यक्ष खनालले शेयर खरिद बिक्रीको अंक र प्रक्रिया शंकास्पद भएकाले यसमा छानबिन हुने बताए।



    एनसेलको ८० प्रतिशत सेयर खरिद गरिएको प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन सुरू गरेको अध्यक्ष खनालको भनाई छ ।



    एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरुले पाएको र सो सहमतिको कागजातपत्र अध्ययनका लागि माग गरिएको उनले बताए ।

    प्राधिकरणको स्वीकृति लिएपछि मूल्य र प्रक्रियागत विषय हेरेर मात्रै स्वीकृत दिइने भनेर आफूहरुले एनसेललाई पत्र पठाइसकेको उनले स्पष्ट पारे । प्राधिकरणले पठाएको पत्रको जवाफ पनि मंगलबार नै आइसकेको उनले बताए ।

    जवाफमा एनसेलले नियामका प्रावधान पालना गर्ने र सेयर खरिद बिक्रीको स्वीकृतिका लागि प्राधिकरणलाई निवेदन गरिने एनसेलले पत्रमार्फत प्रतिवद्धता जनाएको खनालले बताए ।

    एनसेलको ८० प्रतिशत सेयर भएको आजियाटा ग्रुपले आफ्नो सम्पूर्ण सेयर गत शुक्रबार बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको घोषणा गरेको थियो। नेपाल दूरसञ्चार प्राधिकरणले पूर्व अनुमति नलिएको भन्दै एनसेलसँग जवाफ माग गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार