Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन सरकारका कारण देशमा आर्थिक संकट गहिरियो : केपी ओली

रुकुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताएका छन् ।

बैतडीदेखि चिवाभञ्याङ पाँचथर यात्राका क्रममा आज रूकुम पूर्वको जिल्ला सदरमुकाम रूकुमकोटमा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत लगाए। अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण अर्थतन्त्र डामाडोलको अवस्थामा पुगेको आरोप लगाए।

अध्यक्ष ओलीले देश अहिले ऋणको भरमा चलिरहेको बताए । देशभित्रका दलाल पुजीवादी र देश बाहिरका तत्वहरुले देशलाई अस्थिर बनाउन खोजिरहेको आरोप लगाए।

उनले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै दु:ख व्यक्त गरे ।

अध्यक्ष ओलीले भने,'यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो । यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ।'

एमालेले स्थानीय माग र आवश्यकताहरूको पहिचान गरेर समाधनका उपायहरू खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको पनि ओलीको भनाइ थियो ।

यात्राका क्रममा अध्यक्ष ओलीको टिम हिजो राति रूकुमकोटमै बास बसेर सर्वपक्षीय छलफल तथा कोणसभाको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077