काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास गरेका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन् । उनले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि सरकार लागि परेको बताए ।
उनले विज्ञान तथा प्रविधि विकास गर्न सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको जानकारी दिए ।
सरकारका विभिन्न बाध्यताले यस क्षेत्रमा अपेक्षित स्रोत प्रदान गर्न नसकिएको उनले सुनाए ।
Leave a Reply