Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओलीलाई नौ वर्षीय बालकको चिठ्ठी - रोजगारीका लागि विदेश जानु नपरोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका एक नौ वर्षीय बालकले रोजगारीका लागि विदेश जानु नपरोस् भन्दै चिठ्ठी लेखेका छन् ।

उनले आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा पनि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न तथा स्वदेशमै कमाउने वातावरण बनाउन अध्यक्ष ओलीलाई सुझाव दिएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा मंगलबार सुर्खेतमा रहेका ओलीलाई किशोर पौडेलले चिठ्ठी लेखेरै यस्तो सुझाव दिएका हुन् । अध्यक्ष ओलीले ती बालकले आफूलाई दिएको चिठ्ठी फेसबुकमा राख्दै आफ्नो पार्टीको अभियान त्यसैका लागि भएको बताएका छन् ।

ओलीले लेखेका छन्, ‘मंगलबार हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँड्ने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिठ्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए । मैले सोचेँ – हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ ।’

साथै उनले ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेको भन्दै ‘सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077