Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री चढेको बुद्ध एयरको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट जनकपुर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ।

जनकपुर विमानस्थलमा अवतरणको तयारी गरिँदा खराब मौसमका कारण काठमाडौं फिर्ता भएको हो । उक्त जहाजमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि थिए।

मंगलबार बिहान ८:३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न सकेको थिएन।

जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९:४८ बजे उक्त जहाज अवतरण भएको विमानस्थल स्रोतले बतायो ।

प्रधानमन्त्री प्रचण्ड भने काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबासतर्फ गइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077