Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भेरी बबई डाइभर्सनको अवलोकनपछि केपी ओलीले भने - गुणस्तरमा कम्प्रोमाइज गर्न मिल्दैन

सुर्खेत। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन् ।

महाकाली–मेची अभियानको क्रममा मंगलबार बिहान अध्यक्ष ओलीले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका हुन् । अवलोकनपछि उनले कामको गुणस्तरमा सम्झौता गर्न नहुने बताए ।

अध्यक्ष ओलीले भने, ‘यहाँको कामको गुणस्तरमा कम्प्रोमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँगको कारोबार छ । यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन।हाम्रो नेपालीहरुको काममा ढिलाइ गर्ने चलन भएको छ । तर यसलाई गति दिनुपर्छ । जे होस् काम भइरहेको छ । यो सम्पन्न हुन्छ।’

अध्यक्ष ओलीले काममा केही ढिलो भएको भन्दै उनले यथाशीघ्र काम सम्पन्न गर्नुपर्ने बताए । तर काम जारी रहेको भन्दै ढिलोचाँडो सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति जान्न चाहेर अवलोकनमा आएको उनले बताए । आयोजनाका अधिकारीहरुका अनुसार भेरी बबई डाइभर्सनको काम हालसम्म ३५ प्रतिशत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077