Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज मंसिर १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल मंसिर १९ गते मंगलबारको राशिफल ।

मेष

आज राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी पनि हुनेछ ।

मिथुन

धार्मिक कार्य सफल हनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

सिंह

आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

तुला

सम्मान र प्रतिष्ठा प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

धनु

आज कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कमहरू आगाडि बढ्नेछ । व्यापारबाट भने सोचेजस्तो लाभ नमिल्न सक्छ ।

कुम्भ

आज नयाँ कार्यको योजना या थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथ पनि मिल्नेछ ।

बृष

आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

कर्कट

आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

कन्या

परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर सहयोगी र नातागोताको साथ मिल्नेछ । वैदेशिक काम पनि बन्न सक्छ ।

बृश्चिक

आज समाज र राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ ।

मकर

आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मीन

ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्व अध्ययन अध्यापनमा सफलता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077