Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एनसेलको सेयर खरिद–बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    एनसेलको सेयर खरिद–बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 705
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    सोमबार एनसेलको सेयर बिक्रीबारे चासो व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अध्ययनको निर्देशन दिएका हुन् । उनले राजश्व विभाग लगायतका निकायलाई एनसेलको सेयर खरिदको छानबिन गर्न निर्देशन दिए ।



    मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको थियो ।



    नियामक निकायलाई समेत जानकारी नहुने गरी मुलुकबाहिरबाट शेयर खरिद–बिक्री भएको भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि प्रश्न उठिरहेका छन् ।

    एनसेलको सेयर बिक्रीबारे संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार