Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टिकटक बन्द गर्न देउवा र ओलीबाट दबाब आयो, विस्तारै खोल्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा सोमबार सिंहदरबारमा यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक बन्द गर्न सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै जोड गरेको बताए ।

दुई महिना रोके पनि धेरै दबाब आएपछि टिकटक बन्दको निर्णयमा पुगेको उनको भनाई छ । “एनसेल जस्ताको त्यस्तैरुपमा अघि बढ्दैन । अध्ययन गर्छौँ, त्यसपछिमात्रै निर्णय हुनेछ । टिकटक नियमनमा राखेर विस्तारै खोल्न सकिन्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077