Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दैलेख पुगेका ओलीले गरे श्रीस्थान मन्दिरको दर्शन र पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।

एमालेले सुरु गरेको मेची महाकाली पदयात्राको क्रममा सोमबार बिहान दैलेखको दुल्लु पुगेका अध्यक्ष ओलीसहितका नेताहरुले सो क्षेत्रको अवलोकन गरेका हुन् ।

अवलोनका क्रममा उनले त्यस सम्बन्धी आवश्यक जानकारी लिएका छन् । यस्तै अध्यक्ष ओलीले श्रीस्थान मन्दिरको पनि दर्शन गरेका छन् ।

एमालेले सुरु गरेको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा आयोजना हुने जनसभालाई अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077