Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अष्ट्रेलियामाथि भारतको रोमाञ्जक जित

काठमाडौं । अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी भएको छ । बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो ।

भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाउन सक्यो ।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो ।

घरेलु टोली भारतले पाँच खेलको टि–२० शृङ्खला एक खेल अगावै जितिसकेको थियो । चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँद शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077