Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा हल्लामात्रै, एनसेल खरिद बिक्रीबारे बुझेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रीमण्डल पुनर्गठन गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् ।

कोप सम्मेलनबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल पुनर्गठनको तयारी नरहेको बताएका हुन् ।

उनले अहिले मन्त्री परिवर्तनको हल्लामात्रै भएको दाबी गरे । उनले सरकार बनेदेखि नै यस्ता हल्ला भएको र गृहमन्त्री परिवर्तनको कुरा हल्लामात्रै भएको बताएका थिए ।

यस्तै उनले एनसेल खरिदबिक्रीका सम्बन्धमा आफूले कुरा नबुझेको प्रतिक्रिया दिए । त्यसबारे बुझेपछि जानकारी गराउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077