Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दुबईबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

    दुबईबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 618
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्किएका छन् ।

    संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी संयुक्त अरब इमिरेट्सको दुबई गएका प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्किएका हुन् ।



    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूले स्वागत गरेका छन् ।



    उनले शनिबार कोप–२८ मा सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी जोखिममा रहेको बताएका थिए ।

    उनले नेपाली जनता जलवायु परिवर्तनमा न्यून योगदान भएर पनि बढी समस्या भोग्नुपरेको भन्दै यसको अन्त्य हुनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते यूएई प्रस्थान भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार