Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले नेतृत्वको सरकार ढलेपछि भ्रष्टाचार बढ्यो : केपी ओली

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट जनता वाक्क दिक्क भइसके बताएका छन् ।

‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत कर्णाली नदी किनारस्थित दैलेखको राकमकर्णालीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेको एकल बहुमतको सरकार नबने देश बर्बाद हुने दाबी गरे । देशलाई विकासको बाटोमा अघि बढाउनका लागि एमालेको एकल बहुमतको सरकार चाहिने ओलीको दाबी छ ।

अध्यक्ष ओलीले एमालेको एकल सरकार नबने देशको राष्ट्रियता कमजोर हुने जिकिर गरे। एमालेको सरकार षड्यन्त्रपूर्वक हटाइएको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले भने,‘एमालेको सरकारलाई षड्यन्त्रपूर्वक हटाइयो, एमाले नेतृत्वको सरकार ढलेपछि राजनीतिक रुपमा देशमा अस्थिरता छायो, अराजकता छायो, अनेक प्रकारका खराबीहरु छाए, अर्थतन्त्र चौपट भयो, गरिबी बढ्यो । महंगी बढ्यो, युवाहरु विदेशीनुपर्ने रोजगारी नपाउने अवस्था बन्यो, विकास ठप्प छ, भ्रष्टाचार बढ्यो।’

एमाले सरकारमा हुँदा देशमा विकासको लहर चलेको ओलीको दाबी छ । वर्तमान गठबन्धनको सरकारका कारण देशको विकास ठप्प भएको ओलीको दाबी छ ।

देशका सबै जनता खुसी रहुन् भन्ने एमालेले लिएको नीतिलाई सिंगो नेपाली जनताले राम्ररी बुझेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077