Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनाव जित्न मान्छे मार्नेहरु अहिले सरकारमा छन् : केपी ओली

अछाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले हत्यारालाई माफी दिने र मुद्दा चलाउन नमान्ने काम गरेको आरोप लगाएका छन् ।

संकल्प यात्रामा निस्किएका अध्यक्ष ओलीले अछामको विनायकमा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले चुनाव जित्नको लागि मानिस मार्न समेत पछि नपर्ने संस्कृति अपराध मात्र नभएर अति घिनलाग्दो संस्कृति भएको बताए।

ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद व्यक्त गरे। एउटा होनहार युवाको हत्या गरेर अत्यन्तै घिनलाग्दो काम गरिएको ओलीले बताए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ का १५ वर्षीय विनोद ०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए । जेठ १७ गते बेपत्ता पारिएका अनेरास्ववियुका कार्यकर्ता विनोदको शव जेठ २१ गते भिरबाट खसालिएको अवस्थामा फेला परेको थियो ।

ओलीले सरकामा हुँदा पनि एमालेले यस्ता कुरालाई हतोत्साहित गरेको बताए । पञ्चदेवल जस्तो पवित्र ठाउँ कुनै पनि अपराध गर्ने र अपराधी लुक्ने ठाउँ हुनु नहुने ओलीले बताए ।

अहिलेको सरकारले हत्यारालाई माफी दिने र मुद्दा चलाउन नमान्ने र चलाई हाल्यो भने पनि मुद्दा फिर्ता लिने काम गरेको ओलीले बताए । अदालतले सर्वश्व हरण सहित जन्म कैद गरेकालाई तुरुन्त मुद्दा फिर्ता लिने काम सरकारले गरेको भन्दै ओलीले आलोचना गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077