Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एउटै स्थानमा चार सवारी साधन दुर्घटना, सडक नै अवरुद्ध

धनकुटा । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक अवरुद्ध भएको छ ।

खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् ।

सङ्खुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं.१–०२–००२ च ३५४५ नम्बरको स्कर्पियो गाडी धनकुटाको साँगुरी गढी गाउँपालिकाको कोल बोटेमा इटहरीबाट धनकुटा आउँदै गरेको प्रदेश नं.२–०३–००१ क १५२१ नम्बरको टिपरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सडकबाट दुर्घटनाग्रस्त गाडी र ट्रक निकाल्न समस्या भएका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077