Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • यूएईबाट आज साँझ स्वदेश फर्कदै प्रधानमन्त्री प्रचण्ड

    यूएईबाट आज साँझ स्वदेश फर्कदै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 657
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन् । विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् ।

    प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् । प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने बताइएको छ ।



    शनिबार कोप २८ मा सम्बोधन गर्दै उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेको बताए ।



    उनले नेपालले जलवायू परिवर्तनमा भोगिरहेको समस्याबारे विश्वसमुदायको ध्यानाकर्षण गराउँदै सहयोग मागसमेत गरेका थिए । प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते यूएई प्रस्थान भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार