Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बलात्कार आरोपमा युवक पक्राउ

बैतडी । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका ३ गुजरका २१ वर्षीय राजेश लुहार रहेका छन् ।

राजेशलाई १७ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप छ । किशोरीका आफन्तले दिएको जाहेरीअनुसार लुहारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही मंसिर १० गते राति किशोरीलाई लुहारले जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ । सोही उजुरीको आधारमा शुक्रबार इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको थियो ।

उनीमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077