Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देश र राजनीति बिग्रनुमा नेताहरूको भूमिका छ : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेताहरुलाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले मुलुकको राजनीति नेताहरुले बिगारेको भएपनि नयाँ पुस्ताले उनीहरुलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने बताए ।

‘इतिहासमा यी नेताहरुलाई गाली गरेर कुने जेनेरेसनले आफ्नो पिढीको औचित्य पुष्टि गर्न सक्दैन। अब नेतालाई गाली गर्ने समय पनि सकियो होला। यो गाली मात्रै गर्दाखेरी त हाम्रो जिन्दगी गाली गरेर मात्रै जाने भयो। त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ,’ उनले भने ।

अबको पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुनेमा उनले जोड दिए । उनले देश र राजनीति बिग्रनुमा नेताहरूको भूमिका रहेको भने स्वीकार गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077