Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले एक खेलअगावै जित्यो अस्ट्रेलियाविरूद्धको सिरिज

एजेन्सी । घरेलु टोली भारतले अस्ट्रेलियासँगको पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितेको छ ।

हिजो भएको चौथो खेलमा भारतले अस्ट्रेलियालाई २० रनले हराएको हो ।

भारत शृङ्खलामा ३–१ ले अघि छ । जितका लागि एक सय ७५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ५४ रन मात्रै बनाउन सक्यो ।

भारतले अस्ट्रेलियालाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हराएको थियो ।

अस्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । पाँचौँ तथा अन्तिम खेल भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077